उपत्यकामा थपिए १५३८ संक्रमित, देशभरको औसत संक्रमणदर २७ प्रतिशत

पछिल्लो २४ घण्टाको अवधिमा काठमाडौं उपत्यकामा १ हजार ५३८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज भक्तपुरमा १३४, ललितपुरमा २३६ र काठमाडौंमा १ हजार १२८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

आज देशभर ३ हजार ७५ जनामा कोरोना पुष्टि भएको छ । यो अवधिमा १३ हजार २६ जनाको नमुना परीक्षण भएको छ । देशभरको औसत संक्रमणदर २७ प्रतिशत रहेको छ ।

त्यस्तै, आज कोरोनाका कारण २ जनाको मृत्यु भएको छ । योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ६०९ पुगेको छ । २४ घण्टाको अवधिमा २७८ संक्रमणमुक्त भएका मन्त्रालयले जनाएको छ ।

देशभर ११ हजार ६ सय ९० मा सक्रिय संक्रमित रहेका छन् । तीमध्ये १० हजार ८१० जना होम आइसोलेसनमा रहेका छन् भने ८ सय ८० संस्थागत आइसोलेसनमा रहेका छन् ।





  • प्रकाशित मिति : पुस २८, २०७८ बुधबार १६:५६:४१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया