एमाले जिल्ला अधिवेशन : भीम रावलको गृहजिल्लामा ओली पक्षका बोहरा निर्वाचित

एमाले जिल्ला अधिवेशनअन्तर्गत अछाममा भीम रावलनिकट मानिएका प्रकाश शाह पराजित भएका छन् । पार्टी अध्यक्ष केपी शर्मा ओलीनिकट चन्द्रबहादुर बोहरा  निर्वाचित भएका छन् । 

बुधबार साँझ सार्वजनिक भएको मतपरिणामअनुसार ओलीनिकट बोहरा ४३१ मत ल्याएर निर्वाचित हुँदा रावलनिकट प्रकाश शाहले ३०७ मत ल्याए । बोहरा १२४ मतको अन्तरले विजयी भएका छन् । यस्तै, उपाध्यक्षमा पनि शाह प्यानलका बलबहादुर कुँवर ३८६ मत ल्याएर निर्वाचित भएका छन् । उनको प्रतिद्वन्द्वी भीमबहादुर विष्टले ३१३ मत ल्याएका छन् । सचिवमा भीमबहादुर रावल (कालो टोपी) ४५३ मत ल्याएर निर्वाचित भएका छन् । उनका प्रतिद्वन्द्वी आदर्श साउँदले २५८ मत ल्याए । कालो टोपी पनि शाह प्यानलकै हुन् ।

यस्तै, सह–सचिवमा बोहरा प्यानलकै डम्बर बिसी र शाह प्यानलका प्रेमबहादुर महर निर्वाचित भएका छन् । उनीहरू क्रमशः २६० र २५२ मत ल्याएर निर्वाचित भएका हुन् । उपसचिवमा ७ जनाको उम्मेदवारी परेको थियो ।

आठौँ जिल्ला अधिवेशन अन्तर्गत मंगलबार भएको निर्वाचनको मतगणना बुधबार भएको हो । जिल्लामा ७ सय ६२ जना मतदाता रहेकोमा ७ सय ५० मत खसेको थियो ।

नेकपामा विवाद भएको समयमा बोहरा ओली पक्षका जिल्ला अध्यक्ष र शाह प्रचण्ड–माधव समूहका जिल्ला उपाध्यक्ष थिए । बोहरा केपी ओली पक्षबाट र शाह रावल पक्षबाट निर्वाचनमा लडेका थिए ।





  • प्रकाशित मिति : पुस २८, २०७८ बुधबार १८:५४:७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया