प्रधानन्यायाधीश​विरुद्धको प्रदर्शन जारी, आन्दोलन निष्कर्षमा पुर्‍याएपछि मात्र बारले विश्राम लिने
फाइल तस्वीर

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग गर्दै कानुन व्यवसायीले आज पनि विरोध प्रदर्शन गरेका छन् ।

बिहीबार सर्वोच्च अदालत बार परिसरमा नेपाल बार एशोसिएसन, सर्वोच्च अदालत बार एशोसिएसन, विशेष अदालत बार एशोसिएसन लगायतका पदाधिकारी तथा कानून व्यवसायीले प्रधानन्यायाधीश जबराको राजीनामा माग गर्दै विरोध प्रदर्शन गरेका हुन् ।

प्रदर्शनका क्रममा सञ्चारकर्मीसँग बोल्दै नेपाल बार एशोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले प्रधानन्यायाधीश जबराले राजीनामा नदिँदा न्याय सम्पादनका साथै कर्मचारीको वृत्ति विकासमा, न्यायाधीशको सरुवाका काम रोकिएको बताए । उनले प्रधानन्यायाधीश जबराले राजीनामा दिएसँगै न्यायपालिकामा बारले बुझाएको प्रतिवेदनअनुसार काम गर्ने बाटो खुल्ने बताए ।

त्यस्तै, विशेष अदालत बार एशोसिएसनका अध्यक्ष तथा अधिवक्ता चूडामणि पौडेलले प्रधानन्यायाधीश जबराले राजीनामा नदिँदा केही जिल्लामा जबरालाई देखाएर आफ्नो स्वार्थपूर्ति गर्न थालेको बताए । उनले प्रधानन्यायाधीश जबराले राजीनामा नदिएसम्म नेपाल बारले यो आन्दोलनलाई सशक्त बनाउँदै जाने बताए ।

अध्यक्ष पौडेलले नेपाल बारले उठाएको यो आन्दोलन न्याय, आम न्यायप्रेमी जनता र आम सेवाग्राहीको पक्षमा भएकोले यो आन्दोलनलाई अन्तिम निष्कर्षमा पुर्‍याएपछि मात्रै नेपाल बारले विश्राम लिने बताए । कोरोना महामारीको अवस्थालाई मध्यनजर गरी कानुन व्यवसायीले २५ जना मात्रै भेला भएर सो आन्दोलन जारी राखेका हुन् ।





  • प्रकाशित मिति : पुस २९, २०७८ बिहीबार १३:४२:५९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया