स्वास्थ्य मन्त्रालयले भन्यो : अस्पतालमा चिकित्सक र कर्मचारी अभाव हुन नदिनू

कोरोना महामारीका बेला कर्मचारीको अभाव हुन नदिन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभरका अस्पताल र प्रयोगशालाहरूलाई निर्देशन दिएको छ ।   

मन्त्रालयले बिहीबार सचिवस्तरीय निर्णयबाट देशभरका अस्पताल र प्रयोगशालाहरूलाई पत्राचार गर्दै जनशक्ति अभाव हुन नदिन निर्देशन गरेको हो ।

मन्त्रालयको स्वास्थ्य आपतकालीन कार्यसञ्चालक केन्द्रले कोरोना भाइरस रोकथाम नियन्त्रण तथा उपचार गर्न स्वीकृत दरबन्दी अनुसार कुनै पद रिक्त भएका तत्काल जनशक्ति व्यवस्थापन गर्न निर्देशन दिएको हो । 

त्यस्तै, करारमा भर्ना भएका स्वास्थ्यकर्मी र कर्मचारीहरुको करार अवधि आवश्यकता अनुसार २०७८ माघ महिनादेखि बढीमा ३ महिनासम्म थप्न सकिने केन्द्रले जनाएको छ ।





  • प्रकाशित मिति : पुस २९, २०७८ बिहीबार २१:८:३७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया