सुनसरी एमाले अध्यक्षमा भण्डारी विजयी, द्वारिकालाल चौधरीको जम्मा ८० मत

नेकपा एमाले सुनसरी जिल्ला कमिटी सातौँ अधिवेशनबाट अध्यक्षमा रेवतीरमण भण्डारी विजयी भएका छन् । ९२० मत प्राप्त गरेर भण्डारी निर्वाचित हुँदा निकटतम प्रतिस्पर्धी खेमराज पोखरेलले ७७५ मत पाए । 

बेलाबेलामा विवादमा आइरहने इटहरीका मेयर द्वारिकालाल चौधरीले भने लज्जास्पद हार बेहोरेका छन् । जिल्ला अधिवेशनमा १८०५ मत खसेकोमा उनले ८० मत मात्रै पाए । 

यस्तै उपाध्यक्षमा  निलम खनाल निर्वाचित भएका छन् । उनी भण्डारी प्यानलबाटै निर्वाचित भएका हुन् । सचिवमा भने यसअघि नै परशुराम यादव निर्विरोध निर्वाचित भएका थिए । उपसचिवमा राम कोइराला र योग्यराज खड्का निर्वाचित भएका छन् । उनीहरु पनि भण्डारी प्यानलकै हुन् । 





  • प्रकाशित मिति : पुस २९, २०७८ बिहीबार २१:३०:२०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया