कोरोना भाइरसको सन्त्रास सारा संसारभर व्याप्त छ । सन् २०१९ को डिसेम्बरमा चीनको वुहानबाट फैलिएको भाइरसका अनेकन भेरियन्ट देखा परेका छन् । भाइरसले रोकिने नाम लिएको छैन ।
जोन्स होप्किन्स युनिभर्सिटीका अनुसार हालसम्म विश्वभर ५५ लाख १९ हजार ८८५ जना संक्रमितले ज्यान गुमाइसकेका छन् भने ३१ करोड ९७ लाख १२ हजार २ जनामा संक्रमण पुष्टि भइसकेको छ।
भाइरसबाट सबैभन्दा धेरै प्रभावित मुलुक हो- अमेरिका । अमेरिकामा हालसम्म ८ लाख ४६ हजार ३१९ जना संक्रमितले ज्यान गुमाइसकेका छन् ।
अमेरिकापछि ब्राजिलमा ज्यान गुमाउनेको संख्या धेरै छ । ब्राजिलमा हालसम्म ६ लाख २० हजार ६४१ जनाले ज्यान गुमाइसकेका छन् ।
भारतमा हालसम्म ४ लाख ८५ हजार ३५ जना संक्रमितले ज्यान गुमाइसकेका छन् ।
यसैगरी मेक्सिकोमा ३ लाख ७६४, पेरुमा २ लाख २ हजार ३ हजार १५७, रुसमा ३ लाख १२ हजार ७३३, बेलायतमा १ लाख ५१ हजार ८३३, इटालीमा १ लाख ४० हजार १८८ र कोलोम्बियामा १ लाख ३० हजार ६२५ जना संक्रमितले ज्यान गुमाइसकेका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।