काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा २ हजार ६०७ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा १ हजार ९१३, भक्तपुरमा ३१७ र ललितपुरमा ३७७ गरी उपत्यकामा २ हजार ६०७ संक्रमित थपिएका हुन् ।
योसँगै काठमाडौं उपत्यकामा सक्रिय संक्रमितको संख्या १० हजार ८११ पुगेका छन् । जसमध्ये काठमाडौंमा ७ हजार ६२५, ललितपुरमा १ हजार ९३५ र भक्तपुरमा १ हजार २५१ सक्रिय संक्रमित छन् ।
नेपालमा २४ घण्टामा ५ हजार ८७ जना कोरोना संक्रमित थपिएका छन् । सो अवधिमा २० हजार ५६० नमुनाको पीसीआर तथा एन्टिजेन विधिबाट परीक्षण गरिएको थियो ।
आज ३०६ जना संक्रमणमुक्त हुँदा कोरोनाका कारण ३ जनाले ज्यान गुमाएका छन् । देशभर १८ हजार २ सय ३५ जना कोरोनाका सक्रिय संक्रमित छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।