कप्तान रुविना क्षेत्रीले पनि हङकङमा टी–२० लिग खेल्ने
फरकधार / ३० पुस, २०७८

नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीकी कप्तान रुविना क्षेत्रीले हङकङमा हुने फेयरब्रेक इन्भिटेसनल क्रिकेट प्रतियोगितामा सहभागिता जनाउने भएकी छन् ।



नेपाल क्रिकेट संघ (क्यान) ले रुविनाले लिग खेल्ने पक्का भएको बताए पनि कुन टोलीबाट हो भन्ने खुलाएको छैन ।

यो प्रतियोगिता टी–२० शैलीमा मे १ देखि १५ सम्म हुनेछ । योसँगै रुविना विदेशी लिगमा सहभागिता जनाउने दोस्रो नेपाली महिला खेलाडी बनेकी छन् । 

प्रतियोगितामा ६ टिमले सहभागिता जनाउनेछन् । यसअघि नेपाली टोलीकी उपकप्तान सीता राना मगरले पनि यही प्रतियोगिता खेल्ने पक्का भएको थियो । 



  • प्रकाशित मिति : पुस ३०, २०७८ शुक्रबार १७:१४:५६,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया