ए डिभिजन लिग : मनाङ सातदोबाटोसँग स्तब्ध
फरकधार / ३० पुस, २०७८

सहिद स्मारक ए डिभिजन लिगमा सातदोबाटो युथ क्लबसँग २-१ ले स्तब्ध भएसँगै मनाङ मर्स्याङ्दी क्लबले शीर्ष स्थानमा उक्लिने अवसर गुमाएको छ ।



मनाङ ९ खेलमा १९ अंकसहित तालिकाको दोस्रो स्थानमा छ, जुन शीर्ष स्थानको मछिन्द्रभन्दा १ अंक कम हो ।

११ औँ मिनेटमा मार्टिन एडेल्फे सिलोले गरेको गोलमा सातदोबाटोले अग्रता लिएको थियो । 

३८ औं मिनेटमा प्रशान्त अवस्थीको क्रसमा अनमार्क रहेका मार्टिन्स अजयीले हेडरमार्फत सातदोबाटोको अग्रता दोब्बर पारेका थियो ।



५६ औं मिनेटमा आफिज ओलाओलेले गोल गर्दै मनाङलाई खेलमा फर्काउने संकेत गरेका थिए । सातदोबाटोका रक्षकले क्लियर गर्न नसकेको बललाई ओलाओलेले पोस्टको दिशा दिएका थिए ।

६९ औं मिनेटमा दीपकराज सिंह ठकुरीको प्रहार मनाङका गोलकिपर विशाल सुनारले विफल पार्दा सातदोबाटोले अग्रता बढाउने अवसर खेर फालेको थियो ।

७३ औं मिनेटमा निशार लिम्बूको प्रहार सातदोबाटोका गोलकिपर अभिषेक बरालले सहजै नियन्त्रणमा लिँदा मनाङले खेलमा फर्कने अवसर गुमायो ।

ईन्जुरी समयमा कप्तान अञ्जन विष्टको प्रहार गोलरक्षक अभिषेक बरालले रोक्दा मनाङले खेल बराबरीमा पुर्‍याउन सकेन ।

लिगमा उत्कृष्ट सुरुआताका बाबजुद पछिल्लो खेलमा लय गुमाएको सातदोबाटो अन्ततः जितको लयमा फर्किएको हो । यसअघि सातदोबाटोले दोस्रो चरणमा थ्री स्टार क्लबलाई हराएको थियो ।

शुक्रबार सम्पन्न पहिलो खेलमा एपिएफले हिमालयन शेर्पालाई १–० ले हराएको थियो ।

  • प्रकाशित मिति : पुस ३०, २०७८ शुक्रबार १८:५६:५५,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया