कविता : ‘बा’

बा !
रमाउने उमेरमा,
कमाउन लागेको छु ।
न त कमाउन सकेँ 
न त रमाउन सकेँ ।
मलाई माफ गरिदेऊ न ल 
जिन्दगीको खेल मैदानमा
मलाई मेरै विपक्षी समयले 
हरपल गोल गर्न लागि परेको छ । 
हरे ! हाम्रो घरको 
धुरिले आज भुइँसँग 
मितेरी गाँस्न लाग्दा पनि यी हातहरूले 
त्यसलाई रोक्न सकेको छैन ।

बा !
यहाँ सपना सपनाकै बाटो भएर 
मबाट धेरै टाढा
अब कहिल्यै नआउने उसैको घरमा गएकोे छ ।
यो देशमा धान फलाउनेका
छोराछोरीले ज्ञान फलाउन नपाइने रहेछ ।

बा !
म त हलिको छोरा
कसरी तिम्रो हलोलाई ताउमा लगाएर 
यी सडकाका कङ्क्रिट जस्ता
खुसीहरूलाई किन सक्छु ?
मलाई थाहा छ, 
तिम्रो आङमा सुकिलो लुगा देख्ने भनेकै श्रद्धा गर्दा
लगाउने पूरानो धोती,
जुन आमाले पूरानो सनुसको बाक्समा
वर्षौंदेखि जतन साथ राखिदिएकी छिन् ।

बा !
मलाई परिस्थितिले सानो उमेरमा बलियो बनायो । 
तर, तिम्रा चाउरिएका ती गालाहरूले 
मेरा नौँनाडी गलाएर शिथिल बनाइ दिन्छ ।
यो शालिन औँसीको रातमा,
यी ब्रह्माण्डभरिका ताराहरू गन्दा पनि
नसकिने मेरा सपनाहरू 
उमेरको उत्तरदायित्वको परिवहन बोकेर
ढुवानी गन्तव्य जिन्दगीको गोलार्धलाई 
सपनाको जेबा क्रसमा लगेर
विपनाको हुरीसँगै

बा !
तिमीले हरेक साल 
दसैँमा दिएको ठूलो मान्छे बन्नु बाबु भने आर्शीवादहरू
आज नाङ्गिएका छन्
समयले हरेक पटक
उसैको सहकार्यको नाटकीय पात्रको रुपमा मलाई 
दुर्घटनाको श्रीपेच ओढाएर
जिन्दगीको ‘लाइफलाइन’मा
खुसीहरू निबने तरर्खरमा लागेका छन्

बा !
गाउँभरि फेरि 
कुन परजीविले 
यो रोग फैलायो ?
तिम्रो छोरा मुग्लान भासियो भनेर
तिमी चिन्ता नगर ल,
एक/दुई वर्षमा 
म खाडीमा दबिएका सपनाहरूलाई 
हाम्रो घरको आँगनमा लिएर 
आउने छु ।





  • प्रकाशित मिति : माघ १, २०७८ शनिबार २०:१४:४१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया