जेनिश उप्रेतीले जिते ‘द भ्वाइस किड्स’को उपाधि

गायन रियालिटी सो ‘द भ्वाइस किड्स’को उपाधि जेनिश उप्रेतीले जितेका छन् । अन्तिम प्रतिस्पर्धामा पुगेका ८ जनामध्येबाट जेनिशले ‘द भ्वाइस किड्स’को उपाधि जितेका हुन् । 

उपाधिसँगै उनले ‘द भ्वाइस किड्स’को ट्रफी, १५ लाखको चेक र विभिन्न गिफ्ट ह्याम्पर प्राप्त गरेका छन् ।  ‘द भ्वाइस किड्स’मा जेनिशले प्रमोद खरेलको टिमबाट प्रतिस्पर्धा गरिरहेका थिए ।

६ देखि १४ वर्षसम्मका बालबालिकाको सहभागिता रहेको यो रियालिटी सोमा कोचको रूपमा प्रमोदसहित राजु लामा, मिलन नेवार र प्रविशा अधिकारी रहेका थिए । यो सो हिमालय टीभी एचडीबाट शुक्रबार र शनिबार प्रशारण हुँदै आएको थियो ।   





  • प्रकाशित मिति : माघ २, २०७८ आइतबार ६:४८:१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया