जसपामा यादवसँग मतभेद चुलिँदा भट्टराईले फेरि उठाए वैकल्पिक शक्तिको मुद्दा

जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले वैकल्पिक राजनीतिक शक्ति निर्माणको सवाल उठाएका छन् । 

आन्तरिक मतभेद पार्टीमा चुलिएको बेला भट्टराईबाट फेरि वैकल्पिक राजनीतिक शक्ति निर्माणको सवाल उठाउनुलाई अर्थपूर्ण मानिएको छ । पार्टी सञ्चालनलाई लिएर उनी र अध्यक्ष उपेन्द्र यादवबीच चर्को मतभेद छ ।

यही बेला भट्टराईको यस्तो अभिव्यक्ति आउनुलाई कतै भट्टराईले वैकल्पिक शक्तिको नाममा पार्टी गठन गर्न त लागेका होइनन् ? आशंका गर्न थालिएको छ । 

उनले वैकल्पिक पार्टी निर्माणको बहस भने व्यक्ति केन्द्रित नभई विचार/विधि-केन्द्रित बहस आवश्यक रहेको पनि औंल्याएका छन् ।

उनले ट्विटरमा लेखेका छन्, ‘वैकल्पिक राजनीतिक शक्ति निर्माणका लागि व्यक्ति-केन्द्रित हैन विचार/विधि-केन्द्रित बहस गरौं! नेपाली सन्दर्भमा वैकल्पिक पार्टीका अहम् मुद्दा यी हुन्: १.समावेशी/सहभागितामूलक लोकतन्त्र र समुन्नत समाजवाद सहितको अग्रगामी विचार;२.सार्वभौम कार्यकर्ता र समावेशी/सामूहिक नेतृत्व सहितको संगठन !’ 

उनले वैकल्पिक शक्ति निर्माण गर्ने भन्दै यसअघि नयाँ शक्ति पार्टी नेपाल गठन गरेका थिए । तर, राजनीतिक प्रभाव जनस्तरसम्म विस्तार गर्न नसकेपछि उक्त पार्टी नै विभिन्न पार्टीमा विलीन भयो । हाल उनी जनता समाजवादी पार्टीमा छन् ।





  • प्रकाशित मिति : माघ २, २०७८ आइतबार ११:५५:४०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया