अस्ट्रेलियाको सिकाइ नेपाली डिजिटल मार्केटिङमा

काठमाडौं– रेस्ट्रोलोजी नामक एक संस्थाले नेपाल र अस्ट्रेलियाबाट एकैसाथ डिजिटल मार्केटिङ सुरु गरेको छ । सूचना तथा प्रविधिको अधिकतम प्रयोग गरेर देशलाई समृद्व बनाउन डिजिटल मिडियाको प्रयोग बढाउन संस्था स्थापना गरेको यसका संस्थापक तथा प्रबन्ध निर्देशक सरोज रिजालले बताए । 

अस्ट्रेलियामा रेस्टुरेन्ट सञ्चालन गर्दै आएका रिजालले नेपालमा प्रविधिको प्रयोग बढाउनका लागि त्यहाँ सिकेका ज्ञान प्रयोग गरेर नेपालीलाई पैसा कमाउन सिकाउने बताए । । 

‘वेबसाइट निर्माण, सफ्टवयेर डेभलपमेन्ट, एप्स डेभलपमेन्ट, सोसल मिडिया मार्केटिङ, इ–कर्मस सोलुसनलगायतका सेवा दिँदै आएका छौं,’ रिजालले भने, ‘संस्थाले आफ्नो व्यवसाय र व्यापारको प्रचारप्रसार गर्न सहयोग पु¥याउँछौं ।’ 

यसका माध्यमबाट घरमा बसेर मोबाइल वा कम्प्युटरबाटै सरकारलाई राजस्व तिर्न सकिने भएको छ । हवाई टिकट, बस टिकट पानीको बिल, इन्टरनेटको बिल, टेलिफोन बिललगायतका बैंकिङ कारोबार र सरकारी कामकाजका बिल भुक्तानी मोबाइलबाटै गर्न सकिन्छ । 

त्यस्तै प्रविधिलाई साथ लिने उद्देश्य लिएर अझ राम्रो बनाउन रेस्ट्रोलोजीको स्थापना गरेको रिजाले बताए । इन्टरनेटको प्रयोगबाट व्यवसाय बढाएर पैसा कमाउन समेत सिकाउने गरेको उनले बताए । मुख्यतया प्रविधिको प्रयोग गरेर व्यवसाय बढाउने र पैसा कमाउन धेरै तरिका सिकाउने गरेको उनले जानकारी दिए ।
 





  • प्रकाशित मिति : मंसिर १८, २०७५ मंगलबार १४:३०:३३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया