अपिल खारेज भएपछि जोकोभिचले अस्ट्रेलियन ओपन खेल्न नपाउने

विश्व नम्बर १ सर्बियन टेनिसस्टार नोभाक जोकोभिचले वर्षकाे पहिलो ग्राण्डस्लाम प्रतियोगिता अस्ट्रेलियन ओपन गुमाउने भएका छन् ।

अस्ट्रेलियाको संघीय अदालले जोकिभिचको भिसा रद्दसम्बन्धी अपिल खारेज गरेसँगै उनले अस्ट्रेलियन ओपन खेल्न नपाउने भएका हुन् ।

अदालतले अस्ट्रेलियन सरकारको जोकोभिचको भिषा रद्द गर्ने निर्णयलाई सदर गरेको हो । सरकारले दोस्रोपटक पनि भिसा रद्द गरेपछि जोकोभिचले यसको विरुद्ध अदालतमा अपिल गरेका थिए । तर अदालले उनको अपिल खारेज गरिदिएको छ । 

अस्ट्रेलियन सरकारले यसअघि पनि क्वारेनटाइन नियम तोडेको भन्दै जोकोभिचको भिसा रद्द गरेको थियो । त्यति बेला भने अदातलले त्यसलाई खारेज गर्ने आदेश दिएको थियो ।

जोकोभिच आफैँले पनि क्वारेनटाइन नियम तोडेको स्वीकार गरेका थिए । अस्ट्रेलियामा क्वारेनटाइन नियम उल्ल‌घंन गर्नुलाई गम्भीर प्रकारको अपराध मानिन्छ।

हाल मेलबर्नस्थित अध्यागमन हिरासतमा हरेका जोकोभिचलाई देश निकाला गरिने अस्ट्रेलियन सरकारले बताएको छ । 



जाेकोभिचले सोमबार अस्ट्रेलियन ओपनको पहिलो खेल खेल्ने तालिका थियो । उनी गत संस्करणकाे विजेता पनि हुन् ।



  • प्रकाशित मिति : माघ २, २०७८ आइतबार १४:४४:४२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया