ठगी गरेको भन्दै धुर्मुस-सुन्तलीविरुद्ध अख्तियारमा उजुरी

धुर्मुस-सुन्तली फाउन्डेसनका अध्यक्ष सीताराम कट्टेल र उपाध्यक्ष कुञ्जना घिमिरेविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ ।

बागमती प्रदेश क्रिकेट संघका कोषाध्यक्ष अनिल अधिकारीले उनीहरूविरुद्ध आर्थिक अपचलन र ठगी गरेको आरोप लगाउँदै पक्राउ गरी अनुसन्धान गर्न माग गर्दै उजुरी गरेका हुन् ।

भरतपुर महानगरपालिका-१५ मा निर्माणधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणमा अनियमितता भएको भन्दै कट्टेल र घिमिरेविरुद्ध छानविन गर्न निवेदन दिइएको अधिकारीले बताए।  

अधिकारीले आइतबार अख्तियार आयोगमा निवेदन दर्ता गराएका हुन् । उनले सामाजिक सञ्जाल फेसबुकमार्फत् आफूले उजुरी दिएको जानकारी दिएका छन् ।

‘नेपाली क्रिकेटको लागि जीवन नै अर्पण गरेका खेलाडी प्रशिक्षक पदाधिकारी र नेपाली क्रिकेटको अब कसैले अनाधिकृत रूपमा आफ्नो स्वार्थअनुसार नेपाली जनता र सरकारलाई गुमराहमा पार्दै भ्रमपूर्ण तरिकाबाट विभिन्न स्वार्थहरू बोकेर कोही अब नेपाली क्रिकेटमा आउनु पर्दैन,’ अधिकारीले फेसबुकमा लेखेका छन् । 

‘हाम्रा समस्याहरू हामी अब आफैँ समाधान गर्दै अघि बढ्न सक्छौँ । चितवनमा विगत २ वर्षदेख‍ि गौतम बुद्ध क्रिकेट रंगशालाको नाममा नेपाली क्रिकेटलाई नै बदनाम हुने गरी चलिरहेको हास्य ‘प्रहसन’ अब सदाको लागि बन्द हुनुपर्छ भन्दै हामीले आज अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा एक उजुरी दर्ता गरेका छौँ,’ उनले थपेका छन् । 





  • प्रकाशित मिति : माघ २, २०७८ आइतबार १६:४८:२७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया