उपत्यकामा थप ३३४७ जनालाई कोरोना, सक्रिय संक्रमित २५ हजार नाघे

पछिल्लो २४ घण्टाको अवधिमा काठमाडौं उपत्यकामा ३३४७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उपत्यकाका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा सो संख्यामा संक्रमित थपिएका हुन् ।

आज काठमाडौंमा सबैभन्दा धेरै कोरोना संक्रमित थपिएका छन् । काठमाडौंमा २ हजार ५४५ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । त्यस्तै, ललितपुरमा ४७४ र भक्तपुरमा ३२८ जनामा कोरोना संक्रमण देखिएको छ ।

त्यस्तै, देशभर १५ हजार १३१ नमुनाको एन्टिजेन तथा पिसिआर विधिबाट परीक्षण गर्दा ४ हजार ९६१ जनामा कोरोना पुष्टि भएको छ । यो अवधिमा ४३५ जना कोरोना संक्रमणमुक्त भएका छन् भने ३ जनाले ज्यान गुमाएका छन् ।

नेपालमा औसत संक्रमणदर ३६.१ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । आज देशभर २५ हजार ६८० जना सक्रिय संक्रमित रहेका छन् ।





  • प्रकाशित मिति : माघ २, २०७८ आइतबार १६:५९:२२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया