कस्तुरीको बिनासहित एकजना पक्राउ

जाजरकोटबाट प्रहरीले संरक्षित वन्यजन्तु कस्तुरीको बिनासहित एक पुरुषलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा नलगाड नगरपालिका १० ध्यारगाउँका ४५ वर्षीय डिल्ली बहादुर ध्यार छन् । 

उनलाई गोप्य सूचनाको आधारमा वन्यजन्तु कस्तुरीको बिना साथमा लिई हिँडिरहेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो । प्रहरी टोलीले नलगाड नगरपालिका –११ चौखा बजारमा उनलाई शनिबार पक्राउ गरेको थियो।

उनको साथबाट ३० ग्राम भएको वन्यजन्तु कस्तुरीको बिना बरामद गरी आवश्यक कारबाहीको लागि डिभिजन वन कार्यालय जाजरकोटमा पठाइएको प्रहरीले जनाएको छ ।





  • प्रकाशित मिति : माघ २, २०७८ आइतबार २१:७:१६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया