विश्व हिन्दू महासंघकी कावा अध्यक्ष भण्डारीलाई उत्तर प्रदेशको बधाई

भारतको उत्तर प्रदेश विश्व हिन्दू महासंघले विश्व हिन्दू महासंघकी कावा अध्यक्ष अस्मिता भण्डारीलाई बधाई तथा शुभकामना सन्देश पठाएको छ । 

विश्व हिन्दु महासंघ उत्तर प्रदेश भारतका अध्यक्ष भिखारी प्रजापतिले पत्रमा भनेका छन्, ‘भगवान् गुरु गोरखनाथ र भगवान् पशुपतिनाथको असीम कृपाबाट विश्व हिन्दू महासंघको अन्तर्राष्ट्रिय अध्यक्ष बन्न सफल हुनुभएकोमा विश्व हिन्दू महासंघ भारत उत्तर प्रदेशको तर्फबाट हार्दिक बधाई तथा शुभकामना ज्ञापन गर्दछौँ ।’

पत्रमा भनिएको छ, ‘प्रात स्मरणीय अनन्तश्री विभूषित, गोरक्ष पीठाधीश्वर माननीय मुख्यमन्त्री उत्तर प्रदेश सरकार, विश्व हिन्दू महासंघ भारतका राष्ट्रिय अध्यक्ष पूज्य चरण योगी आद्धित्यनाथजीद्वारा निर्देशित विश्व हिन्दू महासंघ भारत च्याप्टर तपाईंको अध्यक्षतामा सर्वोच्च शिखरमा पुगी हिन्दू संस्कृतिको आफ्नो व‌ैभवलाई अक्षुण्ण राख्न सकोस्, नेपाल फेरि पनि हिन्दू राष्ट्र बनोस् हाम्रो शुभेच्छा रहेको छ । 

गत मंसिर २५, २६ र २७ गते काठमाडौंमा आयोजित विश्व हिन्दू महासंघको महासभाले अस्मिता भण्डारीलाई कार्यवाहक अध्यक्षमा चयन गरेको हो ।   महासंघको इतिहासमा उनी पहिलो महिला अध्यक्ष बन्न सफल भएकी छिन् । 





  • प्रकाशित मिति : माघ २, २०७८ आइतबार २१:१९:५५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया