आइतबार भारतमा दुई लाख ७१ हजार कोरोना संक्रमित थपिए

भारतमा पछिल्लो २४ घण्टामा २ लाख ७१ हजार २ सय २ जना कोरोना संक्रमित थपिएका छन् । शनिबार परीक्षण गरिएका १६.२८ प्रतिशतको रिपोर्ट पोजिटिभ आएको भारतको स्वास्थ्य र परिवार कल्याण मन्त्रालयले जनाएको छ । 

योसँगै भारतमा कुल संक्रमितको संख्या ३ करोड ७१ लाख २२ हजार १ सय ६४ पुगेको छ । यीमध्ये १५ लाख ५० हजार ३ सय ७७ जना सक्रिय संक्रमित छन् । यो कुल संक्रमितको ४.१८ प्रतिशत हो ।

पछिल्लो २४ घण्टामा थप ३ सय १४ जनाको मृत्यु भएको छ । भारतमा हालसम्म कोभिडका कारण ज्यान गुमाउनेको संख्या ४ लाख ८६ हजार ६६ पुगेको मन्त्रालयले जनाएको छ । 





  • प्रकाशित मिति : माघ २, २०७८ आइतबार २१:३५:२०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया