११ किलो चाँदीसहित भारतीय नागरिक पक्राउ

बारा प्रहरीले जितपुरसिमरा उपमहानगरपालिका–१ बाट आइतबार ११ किलो चाँदीसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ । 

भारत बिहार जिल्ला मोतिहारी ढाका बस्ने २३ वर्षीय सुनिल गुप्तालाई पक्राउ गरी आवश्यक कारबाहीका लागि राजश्व अनुसन्धान कार्यालय पथलैया पठाइएको प्रहरीले जनाएको हो ।

वीरगन्जबाट पथलैयातर्फ जाँदै गरेको ना३३प ८५२६ नंको मोटरसाइकल रोकी जाँच गर्ने क्रममा उक्त मोटरसाइकलको तेल ट्यांकीको भित्र फल्स बटन बनाई सोहीभित्र लुकाइछिपाई राखिएको उक्त चाँदी बरामद गरिएको थियो ।

इलाका प्रहरी कार्यालय सिमरा बाराबाट खटिएको प्रहरी टोलीले १२ लाख ४२ हजार ९७३ मूल्य बराबरको ११ किलो ५०० ग्राम चाँदीको तयारी पाउजु, बाला, चाबी रिङ, बुट्टी तथा कल्लीलगायत तयारी गहना फेलापारेको हो । 

बरामद तयारी गहनासहित पक्राउ परेका मोटरसाइकल चालक गुप्तालाई प्रहरीले आवश्यक कारबाहीका लागि राजश्व अनुसन्धान कार्यालय पथलैया बारामा पठाइएको छ । 





  • प्रकाशित मिति : माघ २, २०७८ आइतबार २२:९:३६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया