प्रदेश २ को स्थायी राजधानी जनकपुरधाम हुने प्रस्तावका लागि मतदान प्रक्रिया सुरु भएको छ ।
सोमबार बसेको प्रदेशसभा बैठकमा प्रतिनिधित्व गरेका दलहरूको तर्फबाट संयुक्त रूपमा प्रस्ताव पेश भएपछि जनकपुरधाममा मतदान प्रक्रिया सुरु भएको हो ।
प्रदेश सांसद परमेश्वर साह, रविन्द्र बैठा, उपेन्द्र प्रसाद कुशवाहा, शारदा देवी र भरत प्रसाद साहले प्रस्ताव गरेको राजधानी जनकपुरधाम (उत्तरमा धनुषा जिल्लाको ढल्केवर र पूर्व पश्चिम लोकमार्ग, पूर्वमा कमला नदी, दक्षिणमा नेपालको सिमाना र पश्चिममा मिथिला माध्यमिक परिक्रमा) तोक्ने प्रस्ताव परमेश्वर साहले पेश गरेपछि मतदान प्रक्रिया सुरु भएको छ ।
स्थायी राजधानीका लागि दुई तिहाइ मतको अवाश्यक छ । हाल प्रदेशमा १०४ जना सांसद रहेकाेमा स्थायी राजधानीकाे लागि ७० मतको आवश्यक छ ।
सभामुख सरोज यादवले प्रदेशसभा कक्षकै छेउमा रहेको भवनमा मतदान गर्न सांसदहरूलाई आग्रह गरेका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।