मधेश प्रदेश नामकरणका लागि मतदान प्रक्रिया सुरु

प्रदेश २ को नामकरणका लागि मतदान प्रक्रिया सुरु भएको छ । तीन दलको संयुक्त प्रस्ताव मधेस प्रदेशको पक्षमा मतदान सुरु भएको हो ।

सत्तारूढ दल जनता समाजवादी पार्टी, माओवादी केन्द्र र प्रमुख प्रतिपक्षी दल लोकतान्त्रिक समाजवादी पार्टीको संयुक्त प्रस्ताव मधेश प्रदेशमा मतदान सुरु भएको छ ।

शैलेन्द्र कुमार यादव र भरत प्रसाद साह प्रस्तावक रहेको नाम मधेस प्रदेश कायम गर्न शैलेन्द्र कुमार यादवले पेश गरेको प्रस्तावमा मतदान सुरु भएको हो ।

मधेस प्रदेशको प्रस्तावमा पहिलो मत प्रमुख प्रतिपक्षी दल लोसपाकी सांसद डिम्पल झाले गरेकी हुन् । 

नामकरणका लागि दुई तिहाई मतको आवश्यक छ । हाल प्रदेशमा १०४ जना सांसद रहेकोमा ७० मतको आवश्यक छ ।

मधेस प्रदेशसँगै नामकरणका लागि जानकी, मिथिला भोजपुरा र मध्य मधेश प्रदेश प्रस्ताव दर्ता भएको हो । 



मधेस प्रदेश प्रस्तावमा दुई तिहाइ मत नभए अर्को प्रस्तावमा मतदान हुनेछ । 

सभामुख सरोज यादवले प्रदेशसभा कक्षकै छेउमा रहेको भवनमा मतदान गर्न सांसदहरूलाई आग्रह गरेका छन् ।



  • प्रकाशित मिति : माघ ३, २०७८ साेमबार १७:८:१५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया