गोदावरीको काठेपुलबाट खसेर अछामका शिक्षकको मृत्यु

कैलालीको गोदावरीमा रहेको जीर्ण काठे पुलबाट खसेर एकजना शिक्षकको मृत्यु भएको छ । भीमदत्त राजमार्गअन्तर्गत तराई र पहाड जोड्ने गोदावरीमा रहेको जीर्ण काठे पुलबाट खसेर अछामको मंगलसेन नगरपालिका–५ का ३९ वर्षीय रुपराज भाटको सोमबार बेलुकी मृत्यु भएको कैलाली प्रहरीले जानकारी दिएको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक (डिएसपी) वेदप्रकाश जोशीका अनुसार शिक्षक भाट जीर्ण काठे पुलबाट सोमबार बेलुकी करिब पौने ६ बजेतिर खसेका थिए । पुलमा फोटो खिच्नेक्रममा खसेर घाइते भएका भाटको उपचारका क्रममा धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको जोशीले बताए । 

भाट फोटो खिच्नेक्रममा लडेको प्रत्यक्षदर्शीले देखेपछि प्रहरीलाई खबर गरेको जोशीले जानकारी दिए । ‘सोमबार कोहलपुरबाट आउँदै मदिरा सेवन गरेको र गोदावरीमा पनि मदिरा सेवन गरेको सुनेपछि होटलको साहुनीसँग बुझ्ने काम भइरहेको छ’, डिएसपी जोशीले भने ।

काठे पुल जीर्ण बनेपछि यातायातका साधन जान बन्द गरिएको छ । नजिकै पक्की पुल निर्माण गरी काठेपुलमा सवारी आवागमन बन्द गरिएको हो । पछिल्लोसमय टिकटक बनाउनेहरूका कारण उक्त पुल निकै भाइरल छ ।





  • प्रकाशित मिति : माघ ३, २०७८ साेमबार २२:५३:१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया