जातीय विभेद विरुद्ध बनेका २० फिल्म छनाेट

नेपाल चलचित्र निर्देशक समाजले कानुन, न्याय तथा संसदीय व्यवस्था मन्त्रालय र युनडिपीसँग मिलेर जातीय विभेद विरुद्ध घोषणा गरेका लघु फिल्म प्रतियोगिताबाट २० फिल्म छनाेट गरेको छ। 

निर्देशक समाजका महासचिव जनकदीप पराजुलीका अनुसार ६ सदस्यीय निर्णायक समूहले जातीय विभेद र उन्मुलनको उपायलाई कलात्मक रूपमा अभिव्यक्त गर्ने २० फिल्मलाई प्रारम्भिक चरणमा छनाेट गरेको हो । 

निर्देशक समाज र युनडिपीले जातप्रथा र यसको उन्मुलनका उपाय समेटिएका कथा ३ मिनेट भित्रमा प्रस्तुत गर्नुपर्ने गरी केही समयअघि सूचना प्रकाशित गरेकाे थियाे।

कानुन न्याय तथा संसदीय व्यवस्था मन्त्रालयका सहसचिव फणिन्द्र गौतम, वरिष्ठ निर्माता/निर्देशक तथा कलाकार नीर शाह, चलचित्र निर्देशक समाजका महासचिव जनकदीप पराजुली, कलाकार लक्ष्मी बर्देवा, ए टु जेड प्रोजेक्ट म्यानेजर वसन्त अधिकारी र युएनडिपीका प्रमुख सूचना अधिकृत कमलराज सिग्देल सम्मिलित निर्णायक मण्डलले प्राप्त फिल्मबाट २० फिल्म छानेका हुन् ।

चलचित्र निर्देशक समाजका महासचिव पराजुलीले प्राप्त ५६ फिल्मबाट २० फिल्म छनौट गरिएको जानकारी गराएका छन् ।

छनाेट भएका फिल्ममा वाशिष्ठ प्रधानको ‘दिबास्केट’, सुरेन्द्र प्रजापतिको ‘शून्य’, सुदन सिंह ठकुरीको ‘सेम’, सराना श्रेष्ठको ‘सामना’, बालकृष्ण बंशीको ‘पुमावाङगु म्हगास’, हाफटाइम क्रिएसनको ‘पीडा’, रनधीर श्रेष्ठको ‘परी’, राजेश श्रेष्ठको ‘नयाँजुत्ता’, अतीन श्रेष्ठको ‘म स्वयं नेपाली’ साफुको ‘म म नै हुँ’, आशिषशर्मा पंगेनीको ‘क ख ग घ’, छिन्नमस्ता फिल्मस्को ‘आइ एम नट ह्युमन’, नगेन्द्र राईको ‘हि इज माई गड’, मेरियन राजभण्डारीको ‘गंगा’, सन्तोष सरकारको ‘फू’, काव्यालय प्रडक्सनको ‘चेत’, विनोद पुडासैनीको ‘भगवान सबैको’, प्रतीक सिंह एन्ड टिमको ‘ब्याटल अगेन्स्ट डिस्क्रिमिनेसन’, शर्मा क्रिएसनको ‘अछोप’, प्रकाश सुब्बाको ‘फ्लावर’ रहेका छन् ।



छनाेट भएका यी फिल्म अबको दुई हप्ता दर्शकको अवलोकनका लागि विभिन्न सामाजिक सञ्जालमा राखिनेछ । यहाँ फिल्मले पाउने दर्शक तथा प्रतिक्रिया एवम् निर्णायकको निर्णयका आधारमा विजेता फिल्मको घोषणा गरिनेछ ।

दर्शकले दिने प्रतिक्रियाको अंकभार ५० प्रतिशत रहनेछ भने ५० प्रतिशत निर्णयमा निर्णायकको हात रहनेछ ।
 
प्रतियोगितामा पहिलो हुने फिल्मले २ लाख रुपैँया, दोस्रो हुनेले १ लाख ५० हजार र तेस्रो हुनेले  ५० हजार रुपैँयाप्राप्त गर्नेछन् ।



  • प्रकाशित मिति : माघ ४, २०७८ मंगलबार १४:२९:३५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया