बर्जु महोत्सवमा खेशरीलाल नआएपछि तोडफोड

सुनसरीको बर्जु गाउँपालिका चिमडीमा जारी बर्जु महोत्सवमा स्थानीयले आगजनी र तोडफोड गरेका छन्।

मंगलबार महोत्सवको अन्तिम दिन भोजपुरी कलाकार खेशारीलाल यादवको पूर्वनिर्धारित सांगीतिक कार्यक्रम रद्द भएपछि आक्रोशित
स्थानीयले कार्यक्रमस्थलमा आगजनी र तोडफोड गरेका हुन् । 

कलाकार यादवलाई हेर्न स्थानीय बिहानैदेखि ३०० र ५०० का दरका टिकट काटेर बसिरहेका थिए । तर, उनको कार्यक्रम रद्द गर्नुपरेपछि स्थानीयले भारतीय नम्बर प्लेटका ४ वटा स्कोरपियो र मोटरसाइकमा आगजनी गर्नुका साथै स्टेज र कुर्सीसमेत तोडफोड गरेको सुनसरी प्रहरीले जनाएको छ ।

सुनसरीको बर्जु–६ स्थित बर्जुतालको खेलमैदानमा पुस २४ गतेदेखि महोत्सवको आयोजना गरिएको थियो । मंगलबार महोत्सवको अन्तिम दिन थियो । 

कोरोनाको संक्रमण बढ्दै  गएको भन्दै जिल्ला प्रशासन कार्यालय सुनसरीले मेला र महोत्सवलगायत कार्यक्रममा रोक लगाएको थियो । प्रशासनले रोक लगाएपछि खेशरीलाल आउने कार्यक्रम रोकिएको थियो ।





  • प्रकाशित मिति : माघ ४, २०७८ मंगलबार १९:२०:४५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया