बैतडीमा चट्याङले टेलिकमका टावरमा क्षति, नागरिक सञ्चारविहीन
फाइल तस्बिर

बैतडीमा चट्याङले विभिन्न स्थानमा रहेका नेपाल टेलिकमका टावरमा क्षति गरेको छ । टावरमा क्षति भएपछि नागरिक सञ्चारविहीन भएका छन् । गत पुस २६ गते परेको चट्याङले दोगडा केदारस्थित खोचलेक, श्रीभावर, कठपतेलगायतका टेलिकमका टावरमा क्षति गरेको हो ।

नेपाल टेलिकमको टावरले काम नगर्दा स्थानीयबासीलाई सञ्चारको समस्या भएको छ । एक हप्तादेखि टेलिकमको नेटवर्क नआउँदा सञ्चारका लागि समस्या भएको दोगडाकेदारका स्थानीय काशीसिंह विष्टले बताए । 

‘एक हप्तादेखि सञ्चार सेवा अवरुद्ध छ,’ उनले भने‚ ‘बैंकिङ काम र अन्य कामबाट पनि बञ्चित हुनु परेको छ।’ नेपाल टेलिकम बैतडीलाई समस्या समाधानबारे जानकारी गराए पनि हालसम्म मर्मत नभएको स्थानीयको गुनासो छ ।

यता नेपाल टेलिकम बैतडीका प्रमुख विक्रम टमाटाले भने यहाँका विभिन्न टावरमा परेको चट्याङले क्षति पुर्या‍एकाले नेटवर्कमा समस्या आएको बताए । 

खोचलेकमा रहेको टावरमा चट्याङले बढी क्षति गरेको र अन्यमा भने सामान्य क्षति पुगेको टमाटाले बताए । उनले धनगढीबाट प्राविधिकको टोली आएर मर्मत सुरु गरिसकेको बताए ।





  • प्रकाशित मिति : माघ ४, २०७८ मंगलबार २०:१३:५६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया