अबदेखि सार्वजनिक स्थानमा हिँडडुल गर्न पनि खोप कार्ड देखाउनुपर्ने भएको छ । माघ ७ गतेदेखि सार्वजनिक स्थानमा हिँडडुल गर्दा कोरोना भाइरसविरुद्धको खोप कार्ड अनिवार्य देखाउनुपर्ने भएको हो ।
गृहमन्त्री बालकृष्ण खाणको अध्यक्षतामा मंगलबार गृह मन्त्रालयमा बसेको सरोकारावाला मन्त्रालयका प्रतिनिधिबीचको बैठकले खोप कार्ड अनिवार्य गर्ने निर्णय गरेको हो ।
बैठकमा कोरोना संकट व्यवस्थापन केन्द्र (सिसिएमसी)ले गरेको सिफारिसलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न यस्तो निर्णय गरेको हो ।
सिसिएमसीले यही माघ ७ गतेबाट सार्वजनिक स्थानमा हिँडडुल गर्दा खोप कार्ड अनिवार्य बोक्नुपर्ने निर्णय गरेको थियो । आजको बैठकले पनि उक्त निर्णयलाई अनुमोदन गरेको हो । त्यस्तै खोप कार्ड नभएकालाई सार्वजनिक सेवाबाट पनि वञ्चित गरिनेछ । सरकारी कार्यालयबाट सेवा लिनको लागि खोप कार्ड अनिवार्य गरिएको हो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।