मधेस आन्दोलनको पहिलो सहिदको सम्झनामा ‘मधेस बलिदानी’ दिवस

मधेस प्रदेशमा आज ‘मधेस बलिदानी’ दिवस मनाइँदै छ । ५ माघ, २०६३ मा तत्कालीन नेकपा माओवादीका कार्यकर्ताले गोली प्रहार गर्दा रमेश महतोको ज्यान गएको थियो ।
 
उनी आन्दोलनका पहिलो सहिदका रूपमा चिनिन्छन् । उनकै सम्झनामा बुधबार ‘मधेस बलिदानी’ दिवस मनाउन लागिएको हो । 

अन्तरिम संविधान २०६३ काठमाडौंमा जलाएर उपेन्द्र यादव नेतृत्वमा मधेसी जनअधिकार फोरमले तराईमा मधेस आन्दोलन गरेको थियो । सोही आन्दोलनको क्रममा महतोले माओवादी कार्यकर्ताले प्रहार गरेको गोलीका कारण ज्यान गुमाउन पुगेका थिए ।
 
सोमबार तराईका ८ जिल्ला रहेको प्रदेश २ को नाम मधेस प्रदेश पनि घोषणा भयो । त्यसपछि मंगलबार सार्वजनिक विदा दिएको प्रदेश २ सरकारले बुधबार पहिलो मधेस सहिदको नाममा सार्वजनिक विदा दिएको हो । 

दिवसका अवसरमा जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले ट्वीट गर्दै जातीय/भाषिक पहिचान र मुक्तिका लागि बलिदान दिने सहिद र योद्धाहरूप्रति सम्मान प्रकट गरेका छन् । 

उनले समुन्नत संघीय समाजवादको दिशामा अघि बढ्नुपर्ने बताएका छन् ।

त्यसका लागि वर्गीय, जातीय, क्षेत्रीय, जातपातजन्य विभेद विरोधी आन्दोलनका कडीहरूलाई जोड्नुपर्ने धारणा अघि सारे ।





  • प्रकाशित मिति : माघ ५, २०७८ बुधबार ८:०:१७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया