भारतमा एकैदिन २ लाख ८२ हजारभन्दा धेरै संक्रमित

भारतमा पछिल्लाे २४ घन्टामा दुई लाख ८२ हजार ९७० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यसैगरी ४४१ जना संक्रमितले ज्यान गुमाएका छन् । 

यही अवधिमा एक लाख ८८ हजार १५७ जना संक्रमणमुक्त भएका छन् । भारतमा सक्रिय संक्रमितकाे संख्या १८ लाख ३१ हजार रहेको छ ।

काेराेना भाइरसबाट सबैभन्दा बढी प्रभावित महाराष्ट्र, कर्नाटक, तमिलनाडू, दिल्ली र पश्चिम बंगाल राज्य रहेका छन् । 

भारतमा ओमिक्राेन भेरियन्टबाट संक्रमित हुनेकाे संख्या ८ हजार ९६१ पुगेकाे छ।

जाेन्स हाेप्किन्स युनिभर्सिटीका अनुसार भारतमा कोरोना संक्रमित हुनेको संख्या ३ करोड ७६ लाख १८ हजार २७१ पुगेको छ भने हालसम्म चार लाख ८६ हजार ७६१ जना संक्रमितले ज्यान गुमाइसकेका छन् ।

भारतमा ४८.२० प्रतिशतले काेराेनाविरुद्धकाे पूर्ण खाेप लगाएका छन् ।





  • प्रकाशित मिति : माघ ५, २०७८ बुधबार १०:१६:१५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया