काठमाडौंमा मात्र थपिए ६ हजार बढी कोरोना संक्रमित

पछिल्लो २४ घन्टामा नेपालमा अहिलेसम्मकै सबैभन्दा बढी कोरोनाभाइरस संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको तथ्यांकअनुसार नेपालमा यो समयमा ११ हजार ३ सय ५२ जना कोरोना संक्रमित थपिएका हुन् ।

मन्त्रालयले अहिलेसम्म नेपालमा एकै दिनमा सबैभन्दा बढी संक्रमित भेटिएको बताएको छ । मन्त्रालयका अनुसार पछिल्ला दिन नेपालमा कोरोना संक्रमणदर ५२.६ प्रतिशत रहेको छ ।

यो समयमा २३ हजार ४ सय ९ परीक्षण गरिएको पनि मन्त्रालयले जनाएको छ । 

मन्त्रालयका अनुसार बुधबार नेपालमा थपिएका संक्रमितमध्ये ५५ प्रतिशतभन्दा बढी संक्रमित काठमाडौं उपत्यकाका रहेका छन् । 

काठमाडौं उपत्यकामा मात्र यो समयमा ६ हजार ३ सय ४३ जना कोरोना संक्रमित थपिएका छन् । यीमध्ये भक्तपुरमा ५ सय ७८, ललितपुरमा १ हजार १९ र काठमाडौंमा ४ हजार ६ सय ६६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।





  • प्रकाशित मिति : माघ ५, २०७८ बुधबार १६:४६:५८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया