नेपालमा अहिलेसम्म कोरोनाभाइरस संक्रमित एकै दिन सबैभन्दा बढी थपिएका छन्, बुधबार । बुधबार दिउँसो चार बजेसम्ममा २४ घन्टामा गरिएको परीक्षणको नतिजाअनुसार नेपालमा ११ हजार ३ सय ५२ जनामा कोरोना संक्रमण देखिएको हो ।
यो संक्रमित संख्या नेपालमा कोरोनाभाइरस देखिएपछि एकै दिन थपिएको सबैभन्दा बढी हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारीअनुसार मंगलबार नेपालमा १० हजारभन्दा बढी संक्रमित देखिएर कोरोनाले रेकर्ड बनाएको थियो । मंगलबार नेपालमा १० हजार २ सय ५८ जना संक्रमित थपिएका थिए ।
बुधबार नेपालमा आजसम्मकै सबैभन्दा धेरै परीक्षण पनि गरिएको अर्को रेकर्ड बनेको छ । बुधबार मात्र नेपालमा २३ हजार ४ सय ९ जनाको कोरोनाभाइरस परीक्षण भएको थियो ।
बुधबार नेपालमा थपिएका संक्रमितमध्ये ५५ प्रतिशतभन्दा धेरै काठमाडौं उपत्यकामा मात्र भेटिएका छन् । ६ हजारभन्दा बढी संक्रमित काठमाडौंमा भेटिँदा भक्तपुरमा ५ सय ७८, ललितपुरमा १ हजार १९ र काठमाडौंमा मात्र ४ हजार ६ सय ६६ जना संक्रमित भेटिएका छन् ।
यस्तै, यो तथ्यांकअनुसार नेपालमा अब कोरोना संक्रमणदर ४० प्रतिशतभन्दा बढी भएको छ । यो अहिलेसम्मकै सबैभन्दा धेरै संक्रमण दर भएको पनि स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।