बाँस्कोटा भन्छन् : पाँच उपियाँको गठबन्धन तोला न छटाकसँग एक्लै प्रतिस्पर्धा गर्न तम्तयार छौं
‘कम्फरटेबल पार्टनरवाला सरकारले आम चुनाव घोषणा गरोस्’

नेकपा (एमाले)का पोलिटब्युरो सदस्य गोकुल बाँस्कोटाले आम चुनाव घोषणा गर्न सत्ता गठबन्धनलाई आग्रह गरेका छन् । 

सत्ता गठबन्धनका नेताहरू पहिले संसदीय निर्वाचन गर्नका लागि आधार तयार गरिरहँदा एमाले नेता बाँस्कोटाले व्यंग्यको शैलीमा सरकारले आम चुनाव घोषणा गर्न भनेका हुन् । 

उनले सामाजिक सञ्जाल ट्विटरमार्फत् भनेका छन्,‘फेरि भन्छु-पूर्व देखाएर पश्चिम हान्ने र चील आयो भनेर कुखुरा तान्ने कम्फरटेबल पार्टनरवाला सरकारले आम चुनाव घोषणा गरोस् ।’

साथै, उनले सत्ता गठबन्धसँग एमाले एक्लै चुनाव लड्न तयार भएको पनि दोहोर्‍याएका छन् । उनले भनेका छन्, ‘हामी तीव्र प्रतिक्षा, स्वागत र पाँच उपियाँको गठबन्धन तोला न छटाकसँग एक्लै प्रतिस्पर्धा गर्न तम्तयार छौं ।’





  • प्रकाशित मिति : माघ ६, २०७८ बिहीबार १२:४०:३५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया