भारतमा एकैदिन थपिए तीन लाख कोरोना संक्रमित
फाइल तस्बिर

भारतमा कोरोना संक्रमितको संख्या दैनिक बढिरहेको छ । पछिल्लो २४ घण्टामा ३ लाख १७ हजार ५३२ नयाँ कोरोना संक्रमित थपिएका छन् ।

योसँगै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ४९१ जनाको मृत्यु भएको छ । यसबाहेक २ लाख २३ हजार ९९० जना उपचारपछि निको भएका छन् ।

देशमा सक्रिय संक्रमितको कुल संख्या १९ लाख २४ हजार ५१ छ । योसँगै कोरोना पोजिटिभ दर १६.४१ प्रतिशत रहेको छ ।

देशमा कोरोनाका नयाँ भेरियन्टका संक्रमित पनि तीव्र गतिमा बढिरहेका छन् ।

हालसम्म देशमा कुल ९ हजार २८७ जनामा ​​कोरोनाको नयाँ भेरियन्ट पुष्टि भएको छ । पछिल्लो एक दिनको तुलनामा कोरोना संक्रमितको संख्या ३.६३ प्रतिशतले बढेको छ ।





  • प्रकाशित मिति : माघ ६, २०७८ बिहीबार १३:११:४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया