नेपालमा सांस्कृतिक अतिक्रमण हुने खतरा बढ्यो : देव गुरुङ

नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र)का नेता देव गुरुङले देशमा सांस्कृतिक अतिक्रमण हुने खतरा रहेकाले त्यसका विरुद्ध सजग हुनुपर्ने बताएका छन् ।

बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै नेता गुरुङले विश्वव्यापीकरणका कारण देशको भाषा, धर्म र संस्कृतिको रक्षा गर्ने चुनौती थपिएको बताएका हुन् । अन्तर्राष्ट्रिय रूपमा हाबी भइरहेका संस्कार, संस्कृति र चिन्तनले नेपाली संस्कार र संस्कृतिलाई विस्थापित अथवा निरुत्साहित पार्ने खतरा रहेको उनले बताए । 

नेता गुरुङले सांस्कृतिक अतिक्रमणका विरुद्धमा सजग रहनुपर्नेमा जोड दिए । उनले देश भित्रका पनि एउटा समुदायले अर्को समुदायको संस्कार र संस्कृतिको अतिक्रमण गरिरहेको उल्लेख गर्दै त्यसबाट पनि सजग रहनुपर्ने बताए । 

'बाह्य रुपमा बढ्दै गइरहेको सांस्कृतिक अतिक्रमणको विरुद्धमा पनि हामी उत्तिकै सजग रहनुपर्दछ । आन्तरिक रुपमा विगतको सामन्तवादी संस्कार र संस्कृतिले जुन प्रकारको अरु समुदायहरुका संस्कार र संस्कृतिलाई जो अतिक्रमण गरिराखेका छन् । त्यसबाट पनि हामी सजग रहनुपर्दछ’ उनले भने ।
 
उनले नेपाली जनताले अंगिकार गरेको सबै भाषा, संस्कृतिलाई समान रुपमा मान्यता स्थापित गर्दै संस्कार र संस्कृतिको संरक्षण गर्नुपर्ने बताए ।





  • प्रकाशित मिति : माघ ६, २०७८ बिहीबार १७:१९:३५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया