प्रधानमन्त्री देउवा र माओवादी अध्यक्ष ‘प्रचण्ड’बीच भेटवार्ता

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर​ देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता हुने भएको छ । 

आज अपराह्न ४ बजेका लागि बस्ने भनिएको सउरकारी संयन्त्रको बैठक स्थगित भएपछि देउवा र प्रचण्डबीच छलफल हुने भएको हो । 

अहिले साँझ हुन लागेको छलफलमा स्थानीय तह निर्वाचनसहितका विषयमा छलफल हुने बताइएको छ । 

दुई शीर्ष नेताबीचको छलफलपछि मात्रै रामचन्द्र पौडेल नेतृत्वको संयन्त्र बैठक डाकिने प्रचण्डको सचिवालयले जनाएको छ । 

यसअघि मंगलबारको संयन्त्र बैठकमा प्रचण्डले आगामी वैशाख–जेठमा संघीय र प्रदेशको निर्वाचन गर्नुपर्ने प्रस्ताव अघि सारेका थिए। 

स्थानीय तह निर्वाचन ६ महिना सार्ने उनको प्रस्तावमा नेकपा एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चा नेपालले पनि समर्थन गरेका थिए । 





  • प्रकाशित मिति : माघ ६, २०७८ बिहीबार १७:१८:४०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया