कांग्रेस सहमहामन्त्रीले मागे मन्त्री यादवकाे राजीनामा

नेपाली कांग्रेसका सहमहामन्त्री भीष्मराज आङ्देम्बेले भाैतिक पूर्वाधारमन्त्री रेणु यादवकाे राजीनामा माग गरेका छन् । 

पदीय मर्यादाविपरीत मन्त्री यादवले जनमत पार्टीका अध्यक्ष सिके राउतकाे हत्या गर्ने हिंसात्मक अभिव्यक्ति दिएपछि आङ्देम्बेले राजीनामा माग गरेका हुन् । 

आङ्देम्बेले फरकधारसँग बिहीबार भने, `पदीय मर्यादाविपरीत मन्त्री रेणु यादवले हिजाे अभिव्यक्ति दिनुभयाे । जुन विल्कुल गलत छ । हिंसात्मक अभिव्यक्ति मन्त्रीबाट आउनुलाई कुनै पनि ढंगबाट उचित मान्न सकिँदैन ।´ 

राजीनामा दिन मन्त्री यादव तयार नभए प्रधानमन्त्री शेरबहादुर देउवाले बर्खास्त गर्नुपर्ने उनकाे माग छ । 

जनता समाजवादी पार्टीबाट मन्त्री भएकी यादवले बुधबार राैतहटकाे गाैरमा जनमत पार्टीका कार्यकर्ताले कार्यक्रमस्थल जान अवराेध पुर्याएपछि अर्काे गाैर काण्डकाे चेतावनी दिएकी थिइन् ।

`म डाक्टर साहेब (सिके राउत) लाई यतैबाट भन्छु, कोही एक विरामी मरिहाल्छन् र तपाईंलाई घेराबन्दी पारेर मारिदिन्छन् । ... त्यसैले सतर्क भइहाल्नुस् । यो कलेजोमा ताकत छ, यो धर्तीको भैंसी र गाईको दुध खाएका छ भने सिंहदरबार गएर घेर्नुस् । अमेरिकामा फास्टफुड खाएको होला, हरियो साग सब्जी खाएछौं होला । तर जसको नशामा दुधका खुन बनेको छ । ताकत छ । त्यसलाई कहिले केहि हुन सक्दैन । याद राख्नुहोला´ उनले भनेकी थिइन् ।





  • प्रकाशित मिति : माघ ६, २०७८ बिहीबार १७:५७:५०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया