सुदूरपश्चिम प्रदेशमा एकैदिन ५ सय ३४ जनामा कोरोना संक्रमण भएको छ । स्वास्थ्य निर्देशनालय दिपायलका अनुसार २ हजार २८६ जनाको परीक्षण गर्दा ५ सय ३४ जनामा संक्रमण पुष्टि भएको हो ।
२ सय ९५ जना एन्टिजेन र २ सय ३९ जनाको पीसीआरमार्फत परीक्षण गर्दा संक्रमण पुष्टि भएको निर्देशनालयले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ । बिहीबार थपिएकामध्ये १ सय ५५ जना संक्रमित भारतबाट आएका नागरिक हुन् ।
त्रिनगर–गौरीफन्टा नाकाबाट आएका ७४, गड्डाचौकी नाकाबाट आएका ७६, झुलाघाटबाट आएका ४ र पुलघाटबाट फर्केका एक जनामा संक्रमण पुष्टि भएको छ । बिहीबार सुदूरपश्चिमका नाका भएर १ हजार ४६७ जना स्वदेश फर्केका छन् ।
योसँगै प्रदेशमा सक्रिय संक्रमतिको संख्या तीन हजार नाघेको छ । निर्देशनालयले तीन हजार २१ जना सक्रिय संक्रमित रहेको जनाएको छ । सबैभन्दा बढी कैलालीमा १ हजार ८४० जना सक्रिय संक्रमित रहेका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।