बढी शुल्क लिने शिक्षण संस्थालाई कारबाही गरेरै छाड्छौँ : शिक्षामन्त्री

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले बढी शुल्क लिने मेडिकल कलेजमाथि कारबाही अघि बढाउने बताएका छन् । 

बिहीबार सिंहदरबारमा विभिन्न विद्यार्थी संगठनका प्रतिनिधिसँगको छलफलका क्रममा उनले चिकित्सा शिक्षा आयोगले तोकेको भन्दा बढी शुल्क लिने शिक्षण संस्थामाथि कारबाही गर्ने बताएका हुन् ।

चिकित्सा शिक्षा आयोगले तोकेको शुल्कभन्दा बढी शुल्क लिने क्रम नरोकिएको भन्दै विद्यार्थीहरूले शिक्षा मन्त्रीसँग छलफल गरेका थिए । 

मन्त्री पौडेलले बढी शुल्क लिने शिक्षण संस्थामाथि कारबाही अघि बढाउन गृह मन्त्रालयसँग छलफल भइसकेको र कारबाही गरेरै छाड्ने प्रतिबद्धता जनाए ।





  • प्रकाशित मिति : माघ ६, २०७८ बिहीबार १९:३७:६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया