लिम्बू भाषाको गीत ‘हुक्फोलो’को भिडियो सार्वजनिक

लिम्बू भाषाको गीत ‘हुक्फोलो’को भिडियो सार्वजनिक भएको छ । पान्थरको ऐतिहासिक तथा पर्यटकीय स्थल सुम्हारुलुङ, नाम्फुन्यक, तिल्लिजङ, साधुटारलगायत स्थानमा छायांकन भएको गीतको भिडियो बिहीबार सार्वजनिक गरिएको हो । 

गीतको भिडियो​ सागर केरुङले निर्देशन गरेका हुन् । याक्थुङ फिल्म्सद्वारा निर्माण भएको गीतमा शब्द सागर केरुङ, संगीत प्रेम पन्धाक, स्वर डिआर हाङ्सरुम्बा, छायांकन सञ्जय आचार्य, ड्रोन अप्रेटर फुङ्सो जबेगु र शृंगार अमृता जबेगुको रहेको छ ।

याक्थुङ फिल्म्स​युटुब च्यानलद्वारा सार्वजनिक गरिएको  भिडियोमा मधुराज केरुङ, सुक्मिता केरुङ, बुद्धराज लिम्बू इङ्वा, सुबास नुनाम केरुङ, निशाम तुम्बापो, युन्छोमी सेर्मा, रामचन्द्र नेम्बाङ, नोगेन हाङ्सरुम्बा,भक्त खबास, रुकमान केरुङ, वर्षा खबास, दीपेस पयांग लिम्बू, राजकुमार नेम्बाङ, याम भुजेल, कमल खवास, रमेश खवास, सुनिता जबेगु, अमृता जबेगु, सुरेन्द्र केरुङ लगायतले अभिनय गरेका छन् ।

उक्त गीत एक दशकअगाडि ‘नादङ’ एल्बमद्वारा डिआर हाङ्सरुम्बाले ल्याएका थिए ।





  • प्रकाशित मिति : माघ ६, २०७८ बिहीबार १९:५२:४७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया