केन्द्रीय समिति स्थगित गरेर माओवादीले बोलायो स्थायी कमिटी र आयोगका सदस्यहरूको बैठक

नेकपा माओवादी केन्द्रले भोलि बिहान साढे ८ बजेका लागि स्थायी कमिटी बैठक बोलाएको छ । बैठक पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्नेगरी तय भएको अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका स्वकीय सचिव रमेश मल्लले जानकारी दिए । 

उनका अनुसार भोलिका लागि बोलाइएको केन्द्रीय कमिटीको बैठक भने स्थगित भएको छ । यसअघि माओवादी केन्द्रले भोलि माघ ८ गतेका लागि केन्द्रीय कमिटी बैठक बोलाएको थियो । 

केन्द्रीय समितिको बैठक कोरोना महामारीको बढ्दो संक्रमण, स्वास्थ्य मापदण्ड पालनासम्बन्धि सरकारद्वारा जारी निर्देशन र स्वास्थ्यकर्मीहरूको सुझाव आदिलाई मधयनजर गरी अर्को निर्णय नहुँदासम्म स्थगन भएको माओवादी केन्द्रले जनाएको छ । 

त्यस्तै, माओवादी केन्द्रको स्थायी कमिटी बैठक भने भोलि बिहान ८ः३० बजे स्वास्थ्य मापदण्ड पालना गरी बस्ने माओवादीले जनाएको छ । 

भोलिको बैठकमा पार्टीका निवर्तमान समिति र आयोगका अध्यक्षहरू सहभागी हुने माओवादी केन्द्रले जनाएको छ ।





  • प्रकाशित मिति : माघ ७, २०७८ शुक्रबार १२:२८:३७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया