मधेस प्रदेशमा ओमिक्रोनका १४ जना सम्भावित संक्रमित

मधेश प्रदेशमा कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनका १४ जना सम्भावित संक्रमित देखिएका छन् ।

गत एक महिनाको अवधिमा १ हजार २ सय जनाको परीक्षण गर्दा ३ सय जना कोरोना पोजेटिभ भेटिएको र त्यसमध्ये १४ जना ओमिक्रोनका सम्भावित संक्रमित रहेको प्रदेश जनस्वास्थ्य प्रयोगशालाले जनाएको छ ।

पहिलो चरणमा ९ र दोस्रो चरणमा ५ जना गरी कुल १४ जनामा ओमिक्रोनको सम्भावना  देखिएको प्रदेश जनस्वास्थ्य प्रयोगशालाका भाइरोलोजिस्ट मनमोहन मिश्रले जानकारी दिए ।

उनीहरूको एचडिसिएफ जाँच गर्दा ओमिक्रोनको सम्भावना देखिएकोले पुष्टिका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु पठाइएको मिश्रले बताए ।

मधेस प्रदेशमा विगत केही दिनदेखि कोरोना संक्रमणको दर बढ्दै गइरहेको छ । यहाँ दिनहुँ सयौंको संख्यामा संक्रमित थपिँदै छन् । 

मधेस प्रदेशमा बिहीबारसम्म कोरोना संक्रमितको संख्या ३८ हजार ६१९ रहेको छ । जसमध्ये ३७ हजार ५०८ जना संक्रमणमुक्त भइसकेका छन् । 



बिहीबारसम्म यस प्रदेशमा सक्रिय संक्रमित ७१ जना रहेका छन् भने हालसम्म १ हजार ४० जना संक्रमितको मृत्यु भइसकेको छ ।



  • प्रकाशित मिति : माघ ७, २०७८ शुक्रबार १५:५८:५७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया