कर्णालीमा थपिए एकैदिन ३१३ कोरोना संक्रमित
फाइल तस्बिर

कर्णाली प्रदेशमा एकैदिन ३१३ जना कोरोना भाइरस (कोभिड–१९) का नयाँ संक्रमित फेला परेका छन् । आरटी–पिसिआर विधिबाट गरिएको परिक्षणमा १४५ र एन्टिजेन विधिबाट गरिएको परीक्षणमा १६८ जनामा भाइरसको संक्रमण पुष्टि भएको हो । 

योसँगै कर्णाली प्रदेशमा कुल संक्रमितको संख्या १ हजार २४ पुगेको प्रदेश स्वास्थ्य सेवा निर्देशनालयले जानकारी दिएको छ । 
पछिल्लो समय फैलिएको ओमिक्रोन दैनिक रूपमा करिब दोब्बर पुष्टि हुने गरेको निर्देशनालयको भनाइ छ । 

बिहीबार प्रदेशभर १ सय २५ जना नयाँ संक्रमित फेलाका थिए । आज उक्त संख्याको करिब दोब्बर संख्यामा संक्रमण पुष्टि भएको निर्देशनालयका प्रमुख डा. रवीन खड्काले जानकारी दिए । 

संक्रमण पुष्टि हुनेहरूमा अधिकांश सुर्खेतका रहेको उनले बताए । आज संक्रमण पुष्टि हुनेहरूमा सुर्खेतका २१५, सल्यानका २८, जुम्लाका २५, कालीकोटका १९, दैलेखका १५, जाजरकोट र रूकुमपश्चिमका तीन/तीन जना र अन्य क्षेत्रका पाँच जना रहेको निर्देशनालयले जनाएको छ । शुक्रबार १३ जना संक्रमणमुक्त भएको प्रमुख खड्काले बताए । 





  • प्रकाशित मिति : माघ ७, २०७८ शुक्रबार १९:३:२३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया