त्रिविमा ताला

काठमाडौं– सम्बन्धनको विषयलाई लिएर त्रिभुवन विश्वविद्यालयको पदाधिकारी कक्षमा ताला लगाइएको छ । कीर्तिपुरस्थित उपकुलपति, शिक्षाध्यक्ष र योजना निर्देशनालयका प्रमुख कार्यकक्षमा नेपाल विद्यार्थी संघनिकटका विद्यार्थीले ताला लगाएका हुन् । 

ब्याचलर अफ कम्प्युटर अप्लिकेसन (बिसिए)लगायत केही विषयमा सम्बन्धन दिँदा मापदण्ड नपुर्याई आंगिक, सामुदायिक र निजी क्याम्पसलाई सम्बन्धन दिएको विरोधमा ताला लगाउनुपरेको संघका त्रिवि एकाइका जगदीश भट्टले जानकारी दिए । 

उनीहरूले यही मंसिर १६ गते ताला लगाएका हुन् । त्रिविले हालै ११६ क्याम्पसमा बिसिएलगायत अन्य विषयमा सम्बन्धन दिएकामा त्यसको खारेजीको माग गरेका हुन् ।

भट्टले सम्बन्धन दिएको विषयको खारेज नभएसम्म ताला यथावत् रहने जानकारी दिए । तालाबन्दीका कारण कामकाज रोकिएको योजना निर्देशनालयका कार्यकारी निर्देशक प्रा.डा. ऋदीशकुमार पोखरेलले जानकारी दिए । 





  • प्रकाशित मिति : मंसिर १९, २०७५ बुधबार १४:६:२२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया