निवर्तमान स्थायी समिति र आयोगका सदस्यसँग प्रचण्डको परामर्श सुरु

नेकपा माओवादी केन्द्रका निवर्तमान स्थायी समिति सदस्य र केन्द्रीय आयोगका सदस्यहरूसँग छलफल सुरु भएको छ । छलफल केहीबेअघि पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा सुरु भएको छ । 

अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केन्द्रीय आयोगका अध्यक्ष र निवर्तमान स्थायी समिति सदस्यहरूसँग परामर्श बैठक सुरु गरेको उनका स्वकीय सचिव रमेश मल्लले जानकारी दिए । 

उनका अनुसार राष्ट्रियसभा तथा तीनै तहका निर्वाचन, कोभिड-१९, पार्टीका आगामी योजना लगायतका समसामयिक विषयमा आजको बैठकमा छलफल हुनेछ । 

माओवादीले आज केन्द्रीय बैठक बोलाएको थियो । कोभिड-१९ को अवस्थालाई मध्यनजर गर्दै आज बस्ने भनिएको केन्द्रीय कमिटीको बैठक स्थगित भएको थियो ।

माओवादी अध्यक्ष प्रचण्डले स्थानीय तहको निर्वाचन सार्न गरेको प्रस्तावपछि राजनीति तरगिंत छ ।

हिजो बसेको सत्ता गठबन्धनको बैठकले नेताहरूबीच तीनै तहको निर्वाचन एकैपटक गर्ने सहमति भएको बुझिएको छ ।





  • प्रकाशित मिति : माघ ८, २०७८ शनिबार ९:३१:१३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया