महामारी कम नभएसम्म जनपरिचालनका कामकाे जिम्मा प्रचण्डलाई दिने माओवादीकाे निर्णय

नेकपा (माओवादी)केन्द्रको पूर्व स्थायी कमिटी सदस्यहरूको बैठकले कोरोनाको महामारी कम नभएसम्म जनपरिचालनका कामहरूको जिम्मा पार्टी अध्यक्षलाई दिने निर्णय गरेको छ । 

शनिवार पार्टी कार्यालय पेरिसडाँडामा बसेको पूर्व स्थायी कमिटी सदस्यहरूको बैठकले सो निर्णय गरेको हो । 

त्यस्तै बैठकमा बाँकी रहेका संगठनात्मक कामहरू टुंग्याउने जिम्मा पनि पार्टी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)लाई दिने निर्णय भएको पनि पार्टीका प्रवक्ता तथा पूर्व सभामुख कृष्णबहादुर महराले जानकारी दिए । उनले बैठकमा एमसिसीकाे बारेमा पनि छलफल भएकाे बताए ।

बैठकमा तीनवटै तहको चुनाव सकेसम्म कम खर्चमा एकैपटक कसरी गर्न सकिन्छ भनेर छलफल भएको र अब निर्वाचन आयोग, पत्रकार, बुद्धिजीवीहरूको रायअनुसार कानुनविदसँग छलफल गरेर निष्कर्षमा पुग्ने नेता महराकाे भनाइ छ ।





  • प्रकाशित मिति : माघ ८, २०७८ शनिबार १२:२१:१७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया