विदेशी एजेण्डा बोक्ने भट्टराई उफ्रेर एमालेको केही हल्लदैन : गोकुल बाँस्कोटा
फाइल तस्वीर

नेकपा एमाले नेता गोकुल बाँस्कोटाले जसपा संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईलाई नाजी नेता हिटलरसँग तुलना गरेका छन् । नेता बाँस्कोटाले सामाजिक फासीवादी भट्टराई र फासीवादी हिटलर दाजुभाइ भएको बताएका हुन् ।

हिंसात्मक अभिव्यक्ति दिएकी यातायातमन्त्री रेणु यादवको राजीनामा रोक्न सार्वजनिक धम्की दिएको भन्दै उनले भट्टराईलाई हिटलरसँग तुलना गरेका हुन् । भट्टराईलाई विदेशी एजेण्डा आरोप लगाउँदै उनीबाट एमाले नडराउन बताए ।

'सामाजिक फासीवादी भट्टराई र फासीवादी हिटलर दाजुभाइ हुन् । रेनुको राजीनामा रोक्न सार्वजनिक धम्की दिनु आवश्यक छैन । विदेशी एजेण्डा बोक्ने भट्टराई उफ्रेर एमालेको केही हल्लदैन' उनले भनेका छन् ।

हारजंगमा आठ जना नागरिकलाई घरभित्रै थुनेर जिउँदै जलाएर मार्ने र चितवनमा चार वर्षीया बालिका काजोल खातुनलाई बसभित्रै जलाएर मार्नेले एमालेलाई हिटलरसँग जोड्नुको अर्थ के भन्दै प्रश्न गरेका छन् । हिटलरको ग्यास च्याम्बर र भट्टराईको हारजंग च्याम्बरमा भिन्नता नभएको उनको तर्क छ ।

'हारजंगमा आठ जना नागरिकलाई घरभित्रै थुनेर जिउँदै जलाएर मार्ने, चितवनमा चार वर्षीया बालिका काजोल खातुनलाई बसभित्रै जलाएर मार्ने हत्याराले बारम्बार एमालेलाई हिटलरसँग जोड्न खोज्नुको अर्थ के हो ? हिटलरको ग्यास च्याम्बर र भट्टराईको हारजंग च्याम्बरमा कुनै भिन्नता छैन,' उनले भनेका छन् ।





  • प्रकाशित मिति : माघ ८, २०७८ शनिबार १४:९:१४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया