पछिल्लो २४ घण्टाको अवधिमा देशभर १० हजार २५४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २० हजार १८७ नमुनाको पीसीआर तथा एन्टिजेन विधि परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको हो ।
आज १४ हजार ४६२ नमुनाको पीसीआर परीक्षण गर्दा ८ हजार २१२ जनामा कोरोना पुष्टि भएको छ । त्यस्तै ५ हजार ७२५ जनाको एन्टिजेन परीक्षण गर्दा २ हजार ४२ को रिपोर्ट पोजिटिभ आएको छ ।
आज ७०८ जना संक्रमणमुक्त भएका छन् । योसँगै कोरोनाबाट निको हुनेको संख्या ८ लाख २० हजार २८३ पुगेको छ ।
कोरोनाका कारण आज थप १६ जनाको मृत्यु भएको छ । अहिलेसम्म कोरोनाका कारण ११ हजार ६५१ जनाले ज्यान गुमाएका छन् । देशभर ७२ हजार ८६२ जना सक्रिय संक्रमित छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।