वर्षमान पुन सोमबार स्वदेश फर्किएपछि माओवादी पदाधिकारीको टुंगो लाग्ने

नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन सोमबार स्वदेश फर्किने भएका छन् ।

थाइल्याण्ड हुँदै थप उपचारका लागि मंसिरमा चीन पुगेका पुन स्वास्थ्यलाभ गरी सोमबार स्वदेश फर्किन लागेका हुन् ।

‘बैंकक र चीनको लामो उपचारपछि माघ १० गते पूर्ण स्वास्थ्य लाभ गरेर नेपाल फर्किँदैछुु,’ नेता पुनले भनेका छन् । ​

पुन उपचारका लागि चीनमा रहँदा माओवादी केन्द्रले आठौँ महाधिवेशनमा पदाधिकारी टुंगो लगाउन सकेको छैन । 

पुन महासचिवका प्रबल दाबेदार हुन् । उनी आएपछि पदाधिकारी र बाँकी केन्द्रीय सदस्य टुंग्याउने अध्यक्ष प्रचण्डको तयारी छ ।





  • प्रकाशित मिति : माघ ८, २०७८ शनिबार १८:१९:२८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया