भारतमा पछिल्लो केही दिनयता दैनिक कोरोना संक्रमणको दरमा केही गिरावट आएको छ । शुक्रबार ३ लाख ३७ हजार संक्रमित भेटिएको भारतमा पछिल्लो २४ घण्टामा भने ३ लाख ३१ हजार जनामा कोरोना पुष्टि भएको हो ।
बिहीबार त्यहाँ ३ लाख ४८ हजार जनामा कोरोना पुष्टि भएको थियो । त्यस्तै, पछिल्लो २४ घण्टामा भारतमा ५२० संक्रमतिको मृत्यु हुँदा २ लाख ३८ हजारभन्दा बढी व्यक्ति निको भएका छन् ।
भारतमा हाल २१ लाख ४४ हजार सक्रिय संक्रमित छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।