मिस वर्ल्डको फिनालेमा ४० सुन्दरी सहभागी हुने, नम्रता श्रेष्ठलाई पनि मौका

विश्व सुन्दरी प्रतियोगिता (मिस वर्ल्ड) को ग्राण्ड फिनालेमा ४० प्रतिस्पर्धीले मात्र भाग लिन पाउने भएका छन् । शनिबार मिस वर्ल्डले सार्वजनिक गरेको सूचीअनुसार यसअघि नै सेमिफाइनलमा पुगेका र निर्णायकले छनोट गरेका २५ सहित ४० प्रतिस्पर्धी मात्र फिनालेमा सहभागी हुन पाउने भएका हुन् ।

४० जनाको सूचीभित्र हेड टु हेड च्यालेन्जबाट अन्तिम ३० मा अटाइसकेकी मिस नेपाल नम्रता श्रेष्ठ पनि परेकी छन् । ७० औं मिस वर्ल्डको ग्राण्ड फिनाले १६ मार्चमा अमेरिकाको पुएर्तो रिकोमा हुनेछ । 

मार्च १७ मा ब्यूटी विथ पर्पसको विशेष इभेन्ट हुनेछ ।  





  • प्रकाशित मिति : माघ ९, २०७८ आइतबार ९:२७:१०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया